Logo

July 28, 2026

July 28, 2026 | २०८३-०४-१२

मिक्लाजुङका १०५ विद्यार्थीलाई जङ्गे किल्ला एनफिल्डर्सद्वारा ट्रयाकसुट तथा शैक्षिक सामग्री वितरण

मिक्लाजुङका १०५ विद्यार्थीलाई जङ्गे किल्ला एनफिल्डर्सद्वारा ट्रयाकसुट तथा शैक्षिक सामग्री वितरण

सर्वोदय शिक्षा खबर
पुस २५, २०८२

दमक/ मोरङको मिक्लाजुङ गाउँपालिकामा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै झापाको दमकमा आधारित युवाहरूको समूह जङ्गे किल्ला एनफिल्डर्स ग्रुप ले ट्रयाकसुट तथा शैक्षिक सामग्री वितरण गरेको छ।

शुक्रबार मिक्लाजुङ गाउँपालिका–३ स्थित श्री बालकल्याण आधारभूत विद्यालय र श्री जलेश्वर आधारभूत विद्यालय मा आयोजित कार्यक्रममा चिसो मौसमका कारण विद्यार्थीहरू पढाइबाट बञ्चित नहुन् भन्ने उद्देश्यले १०५ जना विद्यार्थीहरूलाई ट्रयाकसुट, कापी र कलम वितरण गरिएको हो।

जङ्गे किल्ला एनफिल्डर्सका संयोजक पारस खड्का ले सन् २०१९ देखि नै समूह शैक्षिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको जानकारी दिनुभयो।
कार्यक्रम सञ्चालनका लागि मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष सन्तोष मगर ले सहजीकरण गर्नुभएको थियो।

यस्ता सहयोगात्मक कार्यक्रमले विद्यार्थीहरूको निरन्तर अध्ययनमा सकारात्मक प्रभाव पर्ने विश्वास विद्यालय पक्षले व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस