Logo

July 28, 2026

July 28, 2026 | २०८३-०४-१२

होटल म्यानेजमेन्ट शिक्षामा सर्बोदयको नयाँ पहल, अन्तर्राष्ट्रिय सेफ डा. साइकुमार शर्मा मेन्टर

होटल म्यानेजमेन्ट शिक्षामा सर्बोदयको नयाँ पहल, अन्तर्राष्ट्रिय सेफ डा. साइकुमार शर्मा मेन्टर

असार १०, २०८३
दमक । सर्बोदय माध्यमिक विद्यालयले यसै शैक्षिक सत्रदेखि सञ्चालनमा ल्याएको होटल म्यानेजमेन्ट (+२ एचएम) कार्यक्रमका विद्यार्थीहरूलाई दक्ष, व्यावसायिक तथा अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेफ डा. साइकुमार शर्मा सँग सहकार्य गरेको छ। विद्यालय र सेफ शर्माबीच यस सम्बन्धमा द्विपक्षीय सम्झौता सम्पन्न भएको विद्यालयले जनाएको छ। विद्यालयका प्रिन्सिपल नविन योगी का अनुसार होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरूको प्रयोगात्मक कक्षा, सीप विकास तथा इन्टर्नसिप कार्यक्रममा सेफ शर्माले प्रत्यक्ष मेन्टरशिप प्रदान गर्नेछन्। प्रिन्सिपल योगीले दमकलाई व्यावसायिक तथा प्रयोगात्मक शिक्षाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित विद्यालय अघि बढिरहेको बताउँदै अन्तर्राष्ट्रिय पहिचान बनाएका नेपाली सेफलाई मेन्टरका रूपमा पाउनु गौरवको विषय भएको उल्लेख गरे। सेफ शर्माले विद्यालयका विद्यार्थीहरूलाई विश्वस्तरीय आतिथ्य तथा पाककलाको ज्ञान प्रदान गर्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम जनशक्ति उत्पादन गर्न आफू प्रतिबद्ध रहेको बताए। उनले आगामी दिनमा अन्य अनुभवी तथा प्रतिष्ठित सेफहरूलाई समेत कार्यक्रममा आबद्ध गराउँदै लैजाने योजना रहेको जानकारी दिए। विद्यालयको यो पहलले होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान, सीप र रोजगारीका अवसरसँग प्रत्यक्ष जोड्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस